Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

झापा, ३ पुस २०८२ । झापाको दमकमा रहेका होटलहरुमा खुलेआम यौन व्यवसाय भइरहेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ ।

दमकको पूर्व स्टेण्डमा रहेका होटलहरु

हिजो साँझ ७ः३०बजे दमकको पूर्व स्टेण्डमा रहेको मनकामना होटलबाट शंकास्पद अबस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले उक्त होटल चेकजाँच गर्ने क्रममा खोटाङ घर भई हाल दमक-८ बस्ने बर्ष २५की जया राईलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । ती युवतीसहित होटल संचालक बर्ष ५५का गणेश अधिकारीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

दमकका होटलहरुले युवती राखेर यौन व्यवसाय चलाउँदै आएको गुनासो निकै अगाडिदेखि सुनिएको छ । त्यही भएर प्रहरीले केही दिनदेखि दमकका होटलहरुमा निगरानी बढाएको हो ।

अनाबश्यक डिस्टर्व नगरी होटलहरुमा नियमित चेकजाँच गर्दै आएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले बताए । ‘ सीसीटिभी नराख्ने , ग्राहकको इन्ट्री नगर्ने होटलहरुलाई चेतावनी दिँदै आएका छौं’ उनले भने, ‘होटलमा शंकास्पद अवस्था भेटिएको खण्डमा पक्राउ गर्ने गरेका छौं ।’

 

तपाईको प्रतिक्रिया