काठमाडौं, २ पुस २०८२ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान केन्द्र प्रवेशको समय थप गरिएको छ । महासचिव शंकर पोखरेलले यसअघि साँझ ८ बजेसम्मका लागि तय भएको समय थप गरेर राति १० बजेसम्मका लागि मतदानको समय तोकिएको हो ।
एमालेको निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान गर्ने भनिएको थियो । मतदानको प्रक्रिया सुरु समयमै नहुँदा, मतदानका लागि विद्युतीय मेसिनमा पदाधिकारी अभ्यस्त नहुँदा समय सारिएको पोखरेलको भनाइ छ ।
‘मतदानको लागि मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थप भएको छ,’ उनले भने, ‘सहभागीका लागि कुपनको व्यवस्थासमेत गरिएको छ । कुपन लिएर मतदानको अधिकार समयमै सुरक्षित गरौँ ।’
एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।






