Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

गौरादह, २९ माघ । लायन्स क्लब अफ गौरादहले लियो क्लब अफ गौरादहका नयाँ पदाधिकारीहरुलाई आज सपथ ग्रहण गराएको छ ।

वडा नं. १ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि लायन्स क्लबमा आबद्ध लियो क्लबका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विजयहरि शर्माले सदस्यताको सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र समेत वितरण गरिएको छ।

मानविय सेवा यसको मूख्य उद्देश्य रहको बताउँदै कार्यक्रमका प्रमुख अतिथि विजय हरि शर्माले लायन्स क्लब अफ गौरादहले विगतमा गरेका गतिविधिहरुका बारेमा जानकारि गराउनुभयो ।

लायन्स क्लबले सामाजिक सेवाका कार्यहरु, जनचेतना जगाउनेकार्यहरु गर्दै आएको , युवाहरुलाई सामाजिक अभियन्ताको रुपमा अघि बढाउने कार्यहरु गर्दै आएको अब आउने दिनमा यस्तै कार्यहरु लियो क्लब अफ गौरादहले पनि गर्ने बताउनुभयो ।

लायन्स क्लब अफ गौरादहका अध्यक्ष भुपालराज कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ गौरादहका लियो एडभाइजर भिम विजय बाँस्तोलाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments