Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

कैलाली, २९ माघ । कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त हत्कडीसहित फरार भएका छन् ।

बलात्कारको अभियोगमा सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दिल्प दमाई जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका हुन् ।

इलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका उनलाई बलात्कार मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न सोमबार धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभुषण तिमिल्सेनाले बताए ।

उनी अदालतमा फाइल पेश गर्ने क्रममा फरार भएको प्रहरीले जानकारी दिएको छ । फरार अभियुक्तको खोजी भइरहेको एसपी तिमल्सेनाले बताए ।

तपाईको प्रतिक्रिया