Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

विराटनगर, २९ माघ । कर छलीको आशङ्कामा इटहरीस्थित क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले विराटनगर–५ को ‘भोलेबाबा टर््ेडस’ मा छापा मारेको छ । भोला गुड्का र करेन्ट तयारी चाउचाउको कारोबारो गर्ने ट्रेडसले कर छली गरेको आशङ्कामा आइतबार राजश्वले छापा मारेको हो ।

त्यसक्रममा राजश्वले करिब ५ बोरा कागजपत्र जफत गरेको छ । ‘राजश्व छली गरेको भन्दै हाम्रो कार्यालयमा सूचना आयो,’ राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख बेदराज फुयाँलले भने, ‘सूचनाको आधारमा छापा मारेको हो । अहिले सम्पूर्ण कागज पत्र र बीलहरू जफत गरेका छौं ।’ थप अनुसन्धानपछि मात्र राजश्व छली भएको होरहोइन भनेर निक्र्यौल गरिने उनले बताए ।

भोलेबाबाका सञ्चालक किशन बोहरा हुन् । कार्यालयले सम्पूर्ण कागजपत्र, खातापाता जफत गरेको छ । ‘ठूलो सङ्ख्यामा कागज पत्र अनुसन्धान गर्न कार्यालय ल्याएका छौं,’ फुयाँलले भने, ‘ अनुसन्धान गर्न समय लाग्छ ।’

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया