Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

१२ मंसिर २०८२ । हङकङको अपार्टमेन्टमा बुधबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११२ पुगेको छ।

ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रको ७ वटा अपार्टमेन्ट भवनमा लागेको आगोमा परी मृत्यु हुनेको संख्या शुक्रबार दिउँसोसम्म ११२ पुगेको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ।

आगो नियन्त्रणमा आएपछि उद्धारकर्मीहरु मानिसहरूको खोजीका लागि भवनमा प्रवेश गरेको थियो।

भवनभित्रबाट १६ वटा भन्दा बढी शव फेला परेको समाचारमा उल्लेख छ। घटनामा अझै २०० जनाभन्दा बढी बेपत्ता छन्।

अस्पतालमा ६२ भन्दा बढीको उपचार भइरहेको छ। तीमध्ये धेरैको अवस्था गम्भीर छ।

त्यसकारण पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन्।

बुधबार दिउँसो २:५१ बजे एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो।

ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ।

तपाईको प्रतिक्रिया