Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

एजेन्सी, ११ मंसिर २०८२ । हङकङमा गगनचुम्बी आवासीय भवनमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ। आगो नियन्त्रणमा आएको छ भने २७९ जना बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् ।

कैयौँ व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ। उत्तरी ताई पो जिल्लामा रहेको ३५ तले अपार्टमेन्टमा लागेको आगो नियन्त्रणका लागि ८०० भन्दा बढी अग्नि नियन्त्रक खटिएको अधिकारीहरुले जनाएका छन्। भवनका भित्रि भाग बाँस र पोलिस्टिरिन फोम लगायत ज्वलनशील वस्तुले बनेको भएकोले आगो छिटो फैलिएको हुन सक्ने बताइएको छ ।

आगलागीले ठूलो मानवीय क्षति भएपछि निर्माण कम्पनीका तीन कार्यकारीलाई पक्राउ गरिएको छ । हङकङमा भवन बनाउँदा अत्याधिक मात्रामा बाँसको प्रयोग हुने गरेको छ। घटनास्थलमा कालो धुवाँको विशाल मुस्लो आकाशमा उडेको भिडियोहरु सार्वजनिक भएका छन्। आगालागीको कारण खुल्न सकेको छैन ।

 

 

तपाईको प्रतिक्रिया