Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

सिन्धुली, २९ माघ । जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा नियन्त्रणमा लिएका सवारीसाधन कवाडी बनेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विदुर पौडेलले लेखेका छन् ।

चोरी तथा दुर्घटनामा परेका मोटरसाइकल दाबी गर्न सम्बन्धित व्यक्ति नआउँदा ती सवारीसाधन कबाडीमा परिणत भएका हुन् । प्रहरी कार्यालय सिन्धुलीका अनुसार कानुनी जटिलताका कारण नियन्त्रणमा लिएका मोटरसाइलक चालू अवस्थामै बिक्री गर्न नसकेको हो ।

प्रहरी कार्यालयले नियन्त्रणमा लिएका सवारीसाधन लिलाम बिक्री गर्ने अधिकार दिए राज्यले लाखौं राजस्व संकलन गर्ने प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय परिसरमा अहिले २८ वटा मोटरसाइकल र ४ वटा साइकल रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । तीमध्ये चारवटा चोरीका हुन् भने अन्य दुर्घटनामा परेका र चेकजाँचका क्रममा कागजपत्र नभएका छन् ।

सवारीधनी सम्पर्कमा नआएका कारण प्रहरी कार्यालयमै थन्किएको उनको भनाइ छ । हालकै अवस्थामा यी सवारी साधान बेच्दा पनि करिब ३५र४० लाख राजस्व जम्मा हुने प्रनाउ थापाको भनाइ छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया