Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

डोल्पा, २९ माघ । हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल सोमबारदेखि सञ्चालनमा आएको छ । स्थानीय बासिन्दाले धावनमार्गको हिउँ पन्छाएपछि विमानस्थल सञ्चालनमा आएकोहो ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाले दुई दिन लगाएर विमानस्थलमा जमेको हिउँ पन्छाएका हुन् । आइतबार एक सयभन्दा बढी स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सुरक्षाकर्मी खटिएर धावनमार्गमा जमेको एक फिट अग्लो हिउँको परत पन्छाएको ठूलीभेरी नगरपालिका–९ का वडाध्यक्ष वीरमलकुमार भण्डारीले बताए ।

विमानस्थल सुचारु भएपछि सोमबार नेपालगन्जबाट तारा, समिट र नेपाल एयरलाइन्सले पाँच उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।

हिउँ पन्छाउन मेयर गणेशबहादुर शाही, वडाध्यक्ष भण्डारी, जिल्ला प्रहरी प्रमुख डिएसपी अभदेश विष्ट, विमानस्थल सुरक्षाप्रमुख कमल शाह पनि खटिएका थिए ।

हवाई सेवा सुरु भएसँगै जुफालमा अलपत्र यात्रु गन्तव्यमा गएका छन् । त्यस्तै, दैनिक उपभोग्य सामान पनि ढुवानी गरिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया