Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

२८ माघ । सरस्वती पुजा मनाएर मुर्ती सेलाउन लाने क्रममा स्कूल बस दुर्घटनाग्रस्त हुँदा अधिकांश केटाकेटी सहित कम्तीमा २९ जनाको ज्यान गएको बताइएको छ।

उत्तरी राज्य हिमांचल प्रदेशमा एउटा स्कूल बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। ‌

ज्यान गुमाउनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिकाहरु भएका बताइएको छ। सरस्वती पुजाको मुर्ती सेलाउन जाने क्रममा स्कुल बस दुर्घटना भएको थियो ।

काँगडा जिल्लाको नुरपुर सथित वजीर रामसिंह पठनीय मेमोरियल स्कुलका झण्डै ४० जना विद्यार्थीहरुलिएर गैरहेको बस दुर्घटनाग्रस्त भएको थियो।

एएफपी समाचार संस्थासंग कुरा गर्दै एक स्थानीय प्रहरी अधिकारीले भने, “उक्त स्कूल बस सडकबाट झण्डै २०० फिट तल गहिरो खोंचमा खस्दा २७ जना ‌विद्यार्थी, दुईजना शिक्षक तथा बस चालकको पनि ज्यान गयो।’

उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेको जनाइएको छ। अधिकारीहरुले सो दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिएका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments