Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

रङ्गेली, २८ माघ । नेपाल भारत सीमा क्षेत्रको सुरक्षामा दुवै देशका सुरक्षा अधिकारीहरूले चासो देखाएका छन् । नेपालको सशस्त्र प्रहरी बल सुनसरी मुख्यालयमा दुवै देशका डिआइजी तहका अधिकारीको उपस्थितिमा सीमा क्षेत्रको सुरक्षाबारे छलफल भएको थियो । त्यसक्रममा दुवै देशका सुरक्षा अधिकारीले सुरक्षाका लागि आफूहरू चिन्तित बनेको बताएका थिए ।

बैठकमा नेपालको तर्फबाट एक नम्बर वराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ र सशस्त्र सीमा बल भारतको तर्फबाट सेक्टर हेडक्वाटरस ग्यान्टोक सिक्किमका डिआइजी बिके पाल, सेक्टर हेडक्वाटर रानिदङ्गा सिलगुरीका डिआइजी अमित कुमार र सेक्टर हेडक्वाटर पुर्निया विहारका डिआइजी जेडी वसिस्ट सहभागी थिए ।

शनिबार बसेको उक्त बैठकमा सीमा क्षेत्रमा वर्तमान सुरक्षा अवस्था, थ्रेट विश्लेषण र सीमा अपराध तथा नियन्त्रणका उपायहरूबारे छलफल भएको थियो । त्यसैगरी सङ्गठित अपाराध नियन्त्रण, दशगजा अतिक्रमण, सीमा स्तम्भसम्बन्धी पनि छलफल भएको एक नम्बर सशस्त्र बाहिनीले जनाएको छ ।

अपराधिक तत्वको घुषपैठ, सूचना आदान–प्रदान, सीमामा यात्रुलाई पर्ने समस्या तथा चोरी तस्करीका सम्भावित र शङ्कास्पद नाकाहरूमा दुवैतर्फबाट निगरानी बढाउने सहमति भएको छ ।
.
ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया