Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौँ, २७ माघ । अवैध लागुऔषध खैरो हेरोइनसहित नेपाली सेनामा कार्यरत एक जवान पक्राउ परेका छन् । महानगरपालिकाको वडा नम्बर–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट खैरो हेरोइन सहित कैलालीको बर्दगोरिया गाउँपालिका घर भएका ऐकन्द्र शाही पक्राउ परेका हुन् ।

हाल नेपाली सेनाको ललिपुरस्थित ब्यारेकमा कार्यरत शाहीको साथबाट २२ ग्राम खैरो हेरोइन र उनीसँगै कैलालीका कृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहीसँगै लागुऔषध कारोबारमा संलग्न रहेको बताइएको छ । दुवै जनालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

न्युज२४बाट

तपाईको प्रतिक्रिया