Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

विराटनगर, २७ माघ । विराटनगरमा टिप्परको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएको छ । आईतवार बिहानै बिराटनगरको बरगाछिमामा टिप्परले साईकल यात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।

कन्चनबारीबाट बरगाछि तर्फ आउँदै गरेको साईकल यात्रीलाई तिनपौनीबाट बरगाछि कन्चनवारी तर्फ जाँदे गरेको को१ ख ७०९२ नम्बरको टिप्परले ठक्कर दिएको हो ।

टिप्परले ठक्कर दिए लगत्तै साईकल यात्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको नाम तथा ठेगाना खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया