Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

विराटनगर, २७ माघ । आइतवार बिहानै बिराटनगरको बरगाछिमा टिप्परले साइकललाई ठक्कर दिँदा एक साइकल यात्रीको ज्यान गएको छ । को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री पुरुषको मृत्यु भएको हो ।

कन्चनबारीबाट बरगाछितर्फ आउँदै गरेका साइकल यात्रीलाई तिनपौनीबाट बरगाछि कन्चनवारीतर्फ जाँदे गरेको टिप्परले ठक्कर दिएको हो । टिप्परले ठक्कर दिए लगत्तै साइकल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया