Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

महोत्तरी, २७ माघ । जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्ययाङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्याङले जलेर खरानी भएको हो ।

बिहानभरि परेको पानी थामिएपछि वस्तुभाउ फुकाउने र घाँसदाउराको जोहो गर्न परिवारका सबै निस्किएका बेला चट्याङ परेकाले मानवीय क्षति भने भएको छैन । दिउँसोतिर पानी थामिएकै बेला ठूलो आवाजमा परेको चट्याङले डिम्डोङको घर र घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडासहितका सामान भने केही नबचेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
रासस

तपाईको प्रतिक्रिया