Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

धर्वेन्द्र कुमार यादव
औरही, २४ माघ।  महोत्तरी जिल्लाको एकडरा गाउँपालिका वडा नम्बर ३ स्थित लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई महोत्तरी प्रहरीले निरन्तरता दिएका छन् ।

बिहीबार गोप्य सूचनाको आधारमा महोत्तरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ति टोलीले एकडरा गाउँपालिका ३ स्थित करिब १ कठ्ठाको १००० (एक हजार) गाजाको बोट फडानी गरि नष्ट गरिएको छ ।

गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने महोत्तरी जिल्ला प्रहरी कार्यालय बताए ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले वताए ।

तपाईको प्रतिक्रिया