Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २४ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक दुई कम्पनीको लाइसेन्स खारेज गरेको छ। लामो समयदेखि राजस्व नतिरेका तथा समयावधिभित्र नवीकरण नगर्ने आइटेल कम्युनिकेसन प्रालि र सेभेन स्टार नेट प्रालिको लाइसेन्स खारेज गरिएको हो। लाइसेन्स खारेज गर्दा ग्राहक व्यवस्थापनका विषयमा भने प्राधिकरण अनिविज्ञ जस्तै बनेको छ।

प्राधिकरणका निमित्त प्रमुख पुरुषोतम खनाल भन्छन्, ‘सेवा प्रदायकको लाइसेन्स खारेजपछि ग्राहक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा हामी आफै अनविज्ञ छौं।’ यी दुई कम्पनीले राजस्व नतिरेको र समयावधिभित्र नवीकरण गर्न असफल भएपछि नियमावलीमा टेकेर लाइसेन्स खारेज गरिएको उनको भनाइ छ। नियमावलीले खारेजीको अधिकार दिएको भए पनि खारेज गर्दा ग्राहकमा पर्ने असरका विषयमा भने उल्लेख छैन।

प्राधिकरणले लाइसेन्स खारेज गरेको आइटेल ललितपुरमा सञ्चालनमा रहेको कम्पनी हो। प्राधिकरणको तथ्यांकमा उल्लेख भएअनुसार यसका ग्राहक ६ हजारभन्दा बढी छन्। तर, पछिल्लो समय कम्पनीले ग्राहकको तथ्यांक बुझाएको छैन। आइटेलले प्राधिकरणबिरुद्धमा जिल्ला अदालत काठमाडौंबाट लाइसेन्स खारेजीको प्रक्रिया रोक्न पुस १७ गते निषेधाज्ञासमेत जारी गराएको थियो। यो कम्पनीले जारी गराएको निषेधाज्ञाबिरुद्ध प्राधिकरणले भ्याकेट दर्ता गरेर निषेधाज्ञा खारेज गराएको थियो। निषेधाज्ञा खारेज गर्दै जिल्ला अदालतले कम्पनी समयभित्रै नवीकरण भएको नदेखिएको उल्लेख थियो।

लाइसेन्स खारेज गर्दा ग्राहक व्यवस्थापनका विषयमा भने प्राधिकरण अनिविज्ञ जस्तै बनेको छ।

आइटेलले आर्थिक वर्ष २०७२र७३ देखि नै रोयल्टी र ग्रामीण दूरसञ्चार कोषबापतको रकम बुझाएको छैन। उक्त आवमा कम्पनीले करिब नौ लाख रुपैयाँ रोयल्टी तिर्न बाँकी देखिन्छ। यस्तै आव २०७३र७४ मा १० लाखभन्दा बढी राजस्व भुक्तानी गर्नुपर्नेछ।

कम्पनीले आव २०७४र७५ को अडिट रिपोर्ट, रोयल्टी र ग्रामीण दूरसञ्चार कोषलाई बुझाउनुपर्ने रकम केही पनि नबुझाएको प्राधिकरणले जनाएको छ। यो कम्पनीमा सागर उप्रेती, उदयरत्न ताम्राकार, प्रदीपरत्न ताम्राकार, र विजयरत्न ताम्राकारको संयुक्त लगानी छ। अधिकृत पुँजी पाँच करोड छ।
अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया