Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

भद्रपुर, ३४ माघ । झापामा खुला सिमानाको फाइदा उठाउदै तस्करहरुले अवैध रुपमा सामान नेपाल भित्र्याइरहेका छन् भने तस्करी रोक्न खटिएका प्रहरी सामान बरामद गर्दै आइरहेका छन् । केही तस्करले भन्सार प्रज्ञापन–पत्रभन्दा बढी ल्याउने र भन्सार छलेर सामान ल्याइरहेका छन् ।

तस्करहरूको अवैध गतिविधि बढ्दै गएपछि जनपथ र सशस्त्र प्रहरीले सामान बरामद गर्नेक्रम बढेको छ । पछिल्लो समय दुबै तर्फका प्रहरीले दैनिक लाखौँ मूल्य बराबरको तस्करीका सामान बरामद गरी भन्सार बुझाउँदै आइरहेका छन् ।

तर, प्रहरीले बजार मूल्य अनुसार मूल्याङ्कन गरेर भन्सार पठाए पनि सो मूल्याङ्कनमा लिलाम नहुने भन्दै भन्सारले मूल्य घटाउने परिपाटी मौलाएका कारण तस्करलाई फाइदा पुग्दै आएको प्रहरीको दाबी छ । प्रहरीले पठाएको मूल्यमा भन्सारले पचाँस प्रतिशत घटाउने गरेको प्रहरी स्रोतको आरोप छ ।

भन्सारको यस्तो परिपाटिले प्रहरीको मनोवल गिर्न सक्ने जानकारहरु बताउँछन् । यो विषयमा जिज्ञासा लिन र भन्सार कार्यालय र कर्मचारीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यसरी समाउछन् तस्करीका सामान
झापाको काकँडभिट्टा ,भद्रपुर, केचनाका मुख्य नाका लगायतका क्षेत्रबट तस्करले भित्र्याएको ५ लाख मूल्यभन्दा बढीको सामानसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको पानीटङ्की नाकाबाट चोरी निकासी बाटो प्रयोग गरी नेपाल भित्रइएको सो मुल्य बराबरको सामान सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टा(छुटटै स्थानबाट बरामद गरेका हुन् ।

सशस्त्र प्रहरी बल झापा गण नम्बर २ बाट खटिएका सादा पोसाकका प्रहरी टोलीले मेचीनगर –१२ स्थित बंशल बगानबाट १ लाख २० हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तरगत अर्जुनधारा नगरपालिका–१० स्थित कालीझोडामा सवारीसधान चेकजाँचको क्रममा सशस्त्र प्रहरीले नै १ लाख ५० हजार मुल्य बराबरको किराना सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल झापा गणले जनाएको छ ।

त्यस्तै भद्रपुरको नरसिंह चिया वगान र श्मसान घाटबाट भारत तर्फ लैजादै गरेको ६ हजार मूल्य बराबरको ६ बोरा हरियो मटर बरामद गरिएको सशस्त्रका डिएसपी ओजिस ओलीले जानकारी दिए । सामान मेची र भद्रपुर भन्सार कार्यालय बुझाएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले आइतबार धुलावारी चाराआली सडक खण्डबाट एक भारतीय नागरिक सहित १ लाख ३६ हजार मुल्य बराबरको सामान बरामद गरेको छ ।

भन्सार छलेर ल्याएको कुर्ता र साडी टेम्पोमा लोड गरी बिर्तामोडतर्फ लैजार्दै गरेको अवस्थामा भारत पश्चिम बङ्गालका ३० वर्षिय विश्व देवलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद सामानसहित देवलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ ।
ब्लाष्टखबरबाट शाभार

तपाईको प्रतिक्रिया