Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिका–३२, जडीबुटीबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे भकुण्डेबेँसी घर भएका १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङलाई टाटे चितुवाको छालासहित बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चितुवाको छाला फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
रासस

तपाईको प्रतिक्रिया