Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

सिन्धुली, २४ माघ । सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् ।

हिजो बेलुकी रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटना हुँदा घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका मध्ये १० जनालाई थप उपचारको लागि काठमाण्डौको ट्रमा सेन्टरमा ल्याइएको छ । अरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । टिप्परमा कतिजना सवार थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया