Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २३ माघ ।  गौरादह ८ स्थीत जुरोपानीमा सवारी दुर्घटना न्युनिकरणकालागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

ग्वालडुब्बा युवा समुहको आयोजना तथा अस्थाइ ट्राफिक प्रहरी पोष्ट गौरीगंजको सहयोगमा पाडाजुगी गौरीगंज सडकको जुरोपानीमा सवारीका साधनहरु रोकेर दुर्घटना न्युनिकरण गर्न सवारी चालकहरुलाई प्रशिक्षण दिएको थियो ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरिगंजका प्रमुख गोकुल आचार्यले सवारी चालकहरुलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेका थिए । सवारी सााधन चलाउदा मोवाएल फोनको प्रयोग नगर्न, जेब्रा क्रसिङमा सवारी साधन विस्तारै चलाउन, यात्रा गर्दा सवारी चालक सचेत हुन, मोटर साइकल चलाउदा टाउकामा हेलमेट र खुट्टामा जुत्ता अनिबार्य लगाउन अनुरोध गरेका थिए ।

बिशेष गरी सडक साघुरो हुनु, सडक घुमाउरो हुनु, सवारी चाप बढीहुनु, पैदल यात्री र साइकल चालकहरुले जथाभावी बाटो काट्नु, सडक आसपासमा चौपाय बाँध्नु, साँझमा सबारी चलाउदा बत्ती कडा बनाउनु, चालकले मदिरा सेवन गर्नु जस्ता कारणहरुले दुर्घटना हुनेगरेको बताए । दुर्घटनाबाट मानबीय तथा धनजनको क्षतीहुने भएकाले यसबाट बच्न आवस्यक रहेको जानकारी गराएका थिए ।

दुर्घटना न्युनिकरण गर्न सवारी साधनहरुमा रियाक्टर लाइट टाँस गरेका थिए । ग्वालडुब्बा युवा समुहका अध्यक्ष भोला चक्रवर्तीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । गौरादह नपा वाड नं ८ का वार्ड अध्यक्ष भुमिराज पोखरेल प्रमुख अतिथि रहेका थिए । त्यस अवसरमा वडा सदस्य गोपाल घिमिरे, समाजसेवी कृष्णचन्द पंण्डित, धनवीर राजवंशी लगाएतले शुभकामना मन्तब्य राखेका थिए । समुहका सदस्य भुपेन्द्र निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रम लिला न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया