Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २३ माघ । टिपरको ठक्करबाट गएराति काठमाडौंमा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।

भक्तपुरको गोठाटार पुलबाट पेप्सीकोलातर्फ आउँदै गरेको बा ५ ख ८०८४ टिपरले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई खहरेमा ठक्कर दिँदा त्यसका चालक श्याम विकको मृत्यु भएको हो । विक जुगल गाउँपालिका–४, सिन्धुपाल्चोकका स्थायीबासिन्दा भएको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार, ठक्करबाट घाइते बिकलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

मोटरसाइकलका पछाडि सवार निशान विक गम्भीर घाइते छन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनापछि टिपरका चालक फरार छन् । टिपर नियन्त्रणमा लिएको प्रहरीले उनको खोजीकार्य भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया