Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

झापा,  २२ माघ । अनुशासित, सकरात्मक र रचनात्मक समाज विकासमा धार्मिक क्रियाकलापहरु, पुराण, ज्ञान महायज्ञहरुको महत्वपूर्ण योगदान रहेको मन्त्री हिक्मत कार्कीले बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा महायज्ञको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

झापाको गौरादह नगरपालिका वार्ड नं. ४ को मझुवामा रहेको शिद्धेश्वर शिवालय मन्दिरमा आजबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान धनधान्यञ्चल महायज्ञको उद्घाटन कार्यक्रम भव्य कलश यात्रा सहित सम्पन्न भएको छ ।

कलश यात्रामा विभिन्न संघ संस्था, किर्तन मण्डली तथा विद्यार्थीहरुको समेत उल्लेख्य उपस्थिति रहेको पूराण आयोजक समितिका सचिव खेम भण्डारीले बताए । उद्घाटन समारोहमा खैजडी भजन र नृत्य दृारा स्थानीय कलाकारहरुले अतिथिहरुको स्वागत गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिका वार्ड नं.१ का वार्ड अध्यक्ष नगेन्द्र भण्डारी, वार्ड नं.३ का वार्ड अध्यक्ष गजेन्द्र घिमिरे, वार्ड नं.४ का वार्ड अध्यक्ष मणिन्द्र कार्की र वार्ड नं.६ का वार्ड अध्यक्ष खड्ग पराजुली लगायत समाजसेवी अतिथिहरुको उद्घाटन समारोहमा आतिथ्यता रहेको थियो ।

उद्घाटनका अवसरमा शिद्धेश्वर मन्दीर परिसरसँग जोडिएको थप १ कठ्ठा जग्गादाता भवानी शंकर सिग्देलबाट प्राप्त भएको समितिका सदस्य भिम निरौलाले बताए ।शिद्धेश्वर शिवालय मन्दीर परिसरमा सामुदायिक भवन निर्माण गर्ने तथा मन्दिर संचालनार्थ अक्षयकोष स्थापन गर्ने उद्देश्यले महायज्ञ संचालन गरिएको पुराण आयोजक समितिका फणेन्द्र धमलाले बताए ।मान बहादुर कार्कीले स्वागत मन्तव्य गरेको उद्घाटन समारोहको सभापतित्व पूराण आयोजक मूल समितिका अध्यक्ष मोजनाथ धमलाले गरेका थिए । पुराण २८ गते सम्म संचालन हुने र २९ गते सामुहिक ब्रतबन्ध पूर्णाहुति सहित समापन हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments