Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, २२ माघ । झापाको गौरादह १ सितापुरी स्थित श्री कृष्ण प्रणामी प्राणनाथ सेवा आश्रमले सञ्चालन गरिरहेको तारतम सागर तथा श्रीमद भागवत ज्ञान महायज्ञको परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च गौरादह र फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ गौरादहको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको उपभोक्ता हित संरक्षण मञ्चका कोषाध्यक्ष चक्रपाणि बरालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा संकलित ४९ पिन्ट रगत आजै नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको कार्यालयमा जम्मा गरिएको छ ।

तपाईको प्रतिक्रिया