Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रबर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा राष्ट्रपति भण्डारीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपालसहित सिंगापुर, मलेशिया, भारत, थाइल्याण्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायत देशमा समेत फरक–फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवद्र्धनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु ।’

तपाईको प्रतिक्रिया