Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।

भेनेजुएलाबारे नेकपाले सार्वजनिक गरेको धारणा विवादमा परिरहेका बेला नेकपाले सोमबार बिहान १० बजेका लागि बैठक डाकेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, भेनेजुएला प्रकरण र पार्टी एकताको थाती कामबारे छलफल हुने नेकपा अध्यक्ष ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

पार्टी एकताका विषयमा बाँकी विषय टुंग्याउनका ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पारिरहेको छ ।

गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ ।

तपाईको प्रतिक्रिया