Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

काठमाडौं, १ भदौ २०८२ । कुवेत प्रहरीले विषाक्त मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा दुई नेपालीसहित ६७ जना पक्राउ गरेको छ । उनीहरुलाई शनिबार पक्राउ गरिएको कुवेतको गृह मन्त्रालयले जनाएके छ ।

पक्राउ पर्ने नेपालीमा भुवनलाल तामाङ र नारायणप्रसाद बस्याल रहेका छन् । पक्राउ परेका अन्यमा भारतीय र बंगलादेशी नागरिक रहेका छन् ।

कुवेतमा गतसाता विषाक्त मदिरा सेवन गरेका २३ जनाको मृत्यु भएको छ । जसमध्ये १६ जना नेपाली रहेका छन् । विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १६० जना बढी स्थानीय अस्पतालमा उपचाररत रहेका छन् । जसमध्ये ३६ जना नेपाली रहेका छन् । कुवेतमा मदिरा सेवन प्रतिबन्ध रहेको छ ।

 

तपाईको प्रतिक्रिया