Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

भद्रपुर (झापा), माघ २० । दुगड फुड एण्ड वेभरेज काठमाडौंबाट उत्पादित फ्रुटी जुस बजारमा खान अयोग्य भेटिएको छ। झापाली महिला पत्रकार सुभद्रा खडकाको दाहसंस्कारमा गएका मलामीजनलाई वितरण गरिएको फ्रुटी जुसमा लेदो भेटनुका साथै रक्सीजस्तो गह्‍नाएको हो।

लेदो भेटिएको फ्रुटी रक्सी जस्तो गह्‍नाउन थालेपछि मलामी जानेहरूबीच केहीवेर खैलाबैला मचिएको थियो। एउटा कार्टुनमा रहेका ३० वटा फ्रुटीमध्ये एउटा मलामी गएका स्थानीय रेशम पराजुलीलाई पिउन दिइएको थियो। उनले फ्रुटी खोलेर पिउन खोज्दा रक्सी जस्तो गन्हाएको भन्दै अन्य मलामीलाई जानकारी गराएपछि सो घटना बाहिर आएको हो। त्यसपछि फ्रुटीको प्याकेटमा लेखिएको मिति मलामीले हेर्न थाले।

उनीहरूले फ्रुटीबाट निस्किएको लेदो जस्तो जुसलाई सुघ्न थाले। फ्रुटीमा भेटिएको लेदो रक्सी जस्तो गन्हाइरहेको मलामीमध्येका एक सुवोध कोठारीले बताए। ‘लेदो भेटिनु र गन्हाएको अखाद्य फ्रुटी खान अयोग्य छ’, स्थानीय मनोज श्रेष्ठले भने, ‘यस्तो अखाद्य वस्तु बिक्री गर्ने कम्पनीलाई कारवाही नगरे उपभोक्ताको ज्यान जोखिममा पर्छ।’ व्याच नम्बर १८२१७ उल्लेख भएको सो फ्रुटीको प्याकेटमा २०१८ अगस्ट ५ तारिक र समय २३:२१ बी लेखिएको छ।

लेदो भेटिएको फ्रुटीको कार्टुनमा अरू फ्रुटीको प्याकेटमा पनि व्याच नम्बर एउटै उल्लेख छ। ९ महिनाको समय अवधि तोकिएकोमा पाँच महिनामै फ्रुटीमा लेदोसहित गन्हाउन थालेपछि मलामीले फ्रुटी खाएनन्। यता लेदोसहित गह्‍नाएको फ्रुटीको प्याकेट सुरिक्षत राखिएको छ।

थाहाखबरबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments