Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, २९ साउन २०८२ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरिएको छ ।

गत वर्ष सरकारले वर्षे धानको मोटाको ३ हजार ४ सय १० र मध्यमको ३ हजार ५ सय ८० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

 

 

तपाईको प्रतिक्रिया