Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, २८ साउन २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा दिएको निवेदनमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ ।

आयोगले अध्यावधिक गरेर बुधबार कायम गरेको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सूचीमा बोहरालाई केन्द्रीय सदस्य कायम गरिएको उल्लेख छ ।

रास्वपाको कोषाध्यक्षमा लिमा अधिकारी र सह(कोषाध्यक्षमा बसुमाया तामाङ छिन् ।

तपाईको प्रतिक्रिया