Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

झापा, २८ साउन २०८२ । झापाको गौरादहमा १६ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाई फरार रहेका राई पक्राउ परेका छन् । गौरादह नगरपालिका-९ झमकचौक बस्ने ५० वर्षिय डिक बहादुर राई आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राईले २०८१ माघ महिनाको पहिलो हप्ता भित्र १६ वर्षिया नाबालिकालाई डर त्रास देखाई करणी गरि गर्भवती बनाई फरार भएका थिए । राईविरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा गत जेठ २८ गते जबरजस्ती करणीमा मुद्दा दर्ता भएको थियो । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले फरार राईलाई गोप्य रूपमा सुराक लगाई खोजतलास गर्ने क्रममा आज बिहान १०ः५० बजेको समयमा शिवसताक्षी नगरपालिका-६ शिवगंजमा फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई मुलुकि अपराध संहिता २०७४ अन्तर्गत जबरदस्ती करणी कसूरमा जिल्ला अदालत झापामा उपस्थित गराई ५ दिनको म्याद लिई अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया