Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

झापा, २८ साउन २०८२ । दुई वर्षअघि भासिएको बिरिङ खोलाको पक्की पुल बाढीले बगाएको छ । झापा र इलाम जोड्ने सो पुल आज दिउँसो १२ः३० बजे बर्षाका कारण आएको बाढीले क्षतिग्रस्त रहेको अन्दाजी २०–२५ मिटर पुलको भाग बगाएको हो । दुई वर्षअघि २०८० साउन २९ गते अर्जुनधारा वडा नं ७ स्थित बिरिङ खोलाको पक्की पुल वर्षाका कारण भासिएको थियो ।

गत जेठ १३ गतेदेखि बिरिङ खोलाको सो क्षतिग्रस्त पुलबाट स्थानीय जनप्रतिनिधि र प्रहरी चौकी शनिश्चरेको पहलमा सवारी साधन आवागमन पूर्णरुपमा बन्द गराइएको थियो । शनिश्चरेबाट मिलडाँडा तर्फको बैकल्पिक बाटो प्रयोगमा ल्याई सवारी साधन आवागमन भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया