Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

काठमाडौं, २७ साउन २०८२ । सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.९० अंकले घटेको थियो। नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ।

यसदिन ३२३ स्क्रिप्सको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँमा खरिदबिक्री भए। सोमबार १० अर्ब २१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सिटी होटलको सेयर सर्वाधिक सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो होटलको सेयर ९.९९ प्रतिशतले बढ्यो। सिकलेस हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर ८ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरे‍न्स शीर्षस्थानमा ह्यो। सो कम्पनीको २६ अर्ब बराबरको सेयर कारोबार भयो। यसैगरी हिमालयन रिइन्स्योरेन्सकले २३ करोड,लुम्बिनी विकास बैंकको २० करोड,शिवम् सिमेन्टको २० करोड र बुटवल पावरको १९ अर्ब बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये २४ वटाक स्टक्सको मूल्य बढ्दा २२५ वटाको घट्यो। होटल्स एण्ड टुरिजम समूहको उपसूचक १.३२ प्रतिशतले बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।

तपाईको प्रतिक्रिया