Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २० माघ ।  काँग्रेस सांसदहरुले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् ।काँग्रेस सांसदहरुले संवैधानिक निकायका प्रमुखहरुको नाम अनुमोदन गर्न सिंहदरवारमा आइतबार बोलाइएको समितिको बैठक बहिस्कार गरेका हुन् ।

उनीहरुले संविधान विपरित विपक्षी दलको नेता सहभागी नभई विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै समिति बैठक बहिस्कार गरेका हुन् ।

समितिमा काँग्रेस सांसदहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुषाल सदस्य रहेका छन् ।

उनीहरुले बैठक अगावै समितिमा असहमति पत्र दर्ता गरेर बहिस्कार गरेको घोषणा गरेका हुन् ।

माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले बिभिन्न ५ वटा आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको थियो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।

काँग्रेस सांसदहरुको बहिस्कारका बीच बसेको बैठकले उजुरीका लागि १० दिनको समय दिएको छ ।

रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया