Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

सुनसरी, २० माघ ।  सुनसरीको बिभिन्न क्षेत्रहरूमा ट्राफिक प्रहरीले सवारी चेकजाचको नाममा गैरकानुनी ढंगबाट रकम अशुल्ने गरेको पाइएको छ । शुरक्षाको बहाना गर्दै ट्राफिक प्रहरीहरूले सुनसरीको ग्रामिण क्षेत्रहरूसंग जोडिएको मुख्य राजमार्गहरूबाट अवैध रकम असुल्ने गरेको पाइएको हो । शुरक्षााको नाममा हुने सवारी चेकिङलाइ ट्राफिक प्रहरीले कमाउ धन्दाको बाटो बनाएको भन्दै बेला बेलामा यसको बिरोध समेत हुदै आइरहेको छ ।

सुनसरीको चतरास्थित कोशी पुल नजिकै ट्राफिक प्रहरीले सवारी चेक जाचको बहानामा स्थानीय तथा व्यवसायी बाट अवैध रकम अशुल्न खोज्दै गर्दा हाम्रो क्यामरा ट्राफिक प्रहरी तर्फ मोडीएपछी उन्ले अतालिदै भने । मैले भेटनरी हैन घास खोजेको । उन्को यो वाक्य बाट प्रस्ट हुन्छ रकम असुलीको लागी उनी बहाना बनाइरहेका थिए । ट्राफिक प्रहरीले चतरा बाट एक बोलेरो जिपमा खशी बोका लिएर आउदै गरेको ब्यापारीसंग भेटेनरी र घास खै भन्दै रकम अशुल्न खोजेको व्यापारी देवेन्द्र शाह बताउछन ।

ब्यापारीले पटक पटक एउटै जिल्लामा चौपाया ओसार्दा भेटेनरी नलाग्ने जिकिर गरिरहदा ट्राफिक प्रहरीले मानेका थिएनन । अन्य सवारीलाइ छाडेर चौपाया बोकेकोलाइ मात्र चेकिङ गरीनु र अनावस्यक रकम असुल्न खोजेको ब्यापारी कृष्ण कुमार साहको आरोप छ । एउटै जिल्ला भित्र कुनै सामग्रि ओसार्नुपर्दा भेटनरी नलाग्ने प्रावधान रहेपनि विभिन्न बहानामा ट्राफिक प्रहरीले दुख दिइरहने ब्यापारीहरूले बताउदै आएका छन । ट्राफिक प्रहरीले आफुहरूलाई अनावस्यक झण्झट दिएको आरोप स्थानीयले पनी लगाएका छन ।

एउटै जिल्लामा चौपाया सार्दा कुनै शुल्क नलाग्ने प्रावधान रहेको भएपनि ट्राफिकले यसरी चेकिङको बहानामा अवैध रकम अशुल्ने मेलो मात्रै गरेको ब्यापारीहरूको आरोप छ । यहा सम्मकि भेटेनरी चेकिङको अधिकार ट्राफिक प्रहरीलाइ नै छैन । तर पनि ब्यापारीहरूलाइ चेकिङको नाममा यसरी अवैध रकम अशुल्न भने बाकि राख्दैनन । यता प्रदेश १ ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता कृष्ण प्रसाईले ट्राफिक प्रहरी बाट नियम उलङघन गरेको पाइएमा संलग्न जो कोहिलाइ पनि कारवाही हुने बताएका छन । ट्राफिक प्रहरीको यस्तो व्यवहारले आम सर्वसाधारणमा विश्वास गुम्दै गएको छ ।

पुर्बेलीन्युज बाट साभार

तपाईको प्रतिक्रिया