काठमाडौं, २१ साउन २०८२ । भारतको उत्तराखण्डस्थित धरालीमा ‘क्लाउड बर्स्ट’ वर्षापछिको बाढीबाट जनधनको ठूलो क्षति भएको छ । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
खोज, उद्धार तथा राहत वितरणमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र भारतीय सेनाको टोली खटिएको छ । विपद् नियन्त्रण कक्षबाट पनि स्थितिको निरन्तर निगरानी गरिँदै छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकोप्टरबाट घटनास्थलको हवाई निरीक्षण गरेका छन् ।
एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईसित भने, “प्रारम्भिक जानकारीअनुसार १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । चारजनाको मृत्यु भएको छ र १०० भन्दा बढी व्यक्ति हताहत, बेपत्ता हुन सक्छन् ।”
डीआईजी शहेदीले स्थानीय प्रशासनले हालसम्म यसको पुष्टि भने नगरेको बताए । बीबीसी हिन्दीबाट ।






