Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, २० माघ । नागरिकता जारी गर्न नसके सम्बन्धित अधिकारीले कारणसहित लिखित जानकारी सेवाग्राहीलाई दिनुपर्ने प्रावधानसहितको कानुन बनाउने तयारी गरिएको छ । कुनै व्यक्तिलाई नागरिकता दिन नसकिए त्यसको जानकारी सम्बन्धित व्यक्तिलाई लिखित रुपमा दिनुपर्ने व्यवस्था विधेयकमा समावेश गर्न राज्यव्यवस्था समितिले गृह र कानुन मन्त्रालयलाई निर्देश गरेको हो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न विधेयक बन्ने क्रममा छ । सांसदहरु बिन्दा पाण्डे, पवित्रा निरौला लगायतले नागरिकताका लागि सिफारिस दिन नसक्ने अवस्था भएमा कारण खुलाई सात दिनभित्र लिखित निर्णय दिनुपर्ने प्रावधान राख्नुपर्ने भन्दै संशोधन दर्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया