Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

पेशावर, १७ साउन २०८२ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शनिबार एउटा पुरानो मोर्टारको गोला विस्फोट हुँदा कम्तीमा पाँच बालबालिकाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

यो घटना लक्की मरवत जिल्लामा भएको हो । प्रहरीका अनुसार बालबालिकाको एक समूहले पहाडबाट उक्त पुरानो मोर्टारको गोला फेला पारेर आफ्नो गाउँमा ल्याएका थिए । उनीहरूले त्यसलाई खेलौना सम्झेर खेलिरहेका वेला अचानक विस्फोट भयो । बालबालिकालाई आफूले बम खेलाइरहेको छु भन्ने थाहा थिएन ।

विस्फोटको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पताल पुर्‍याएको थियो । अस्पतालका एक प्रवक्ताले घाइते १२ जनामध्ये अधिकांश बालबालिका रहेको र केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया