Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

टोकियो, १४ साउन २०८२ । रुसमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीका कारण जापानका १९ लाखभन्दा बढी मानिसहरूलाई घर छोड्न भनिएको छ। यी मध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइडोमा छन्। अधिकारीहरूले मानिसहरूलाई जापानको उत्तरी तटीय क्षेत्रहरू खाली गर्न र उच्च जमिनमा सर्न आग्रह गरेका छन्।

टोकियोको दक्षिणमा रहेको चिबामा रहेको समुद्री तटमा रहेको वेधशालामा पनि केही मानिसहरू भेला भएका छन्। सुरक्षित स्थान जान ठाउँ ठाउँमा मानिसहरू भेला भइरहेका छन्। जापानको प्रशान्त तटमा दर्जनौं सुनामी छालहरू आइपुगेका छन्। प्रशान्त तटबाहेक उत्तरमा होक्काइडोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म खाली ठाउँको चेतावनी जारी गरिएको छ।

मौसम विज्ञान एजेन्सीले सुनामीका छालहरू ३ मिटरसम्म अग्ला हुन सक्ने बताएको छ। बुधबार रूसको कामचट्का प्रायद्वीपमा ८।८ म्याग्निच्युडको भूकम्प गएको छ। जसलाई स्थानीय प्रशासनले दशकौंमा सबैभन्दा शक्तिशाली बताएको छ।

भूकम्पपछि,जापान,रूस र प्रशान्त टापुहरूमा सुनामी चेतावनी जारी गरिएको छ। अधिकारीहरूले भने भूकम्पले कुरिल टापुहरूमा ४ मिटर ९१३ फिट० अग्लो सुनामी उत्पन्न गरेको बताएका छन्। केही स्थानमा मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको छ।

तपाईको प्रतिक्रिया