एजेन्सी, १४ साउन २०८२ । रूसमा गएको शक्तिशाली भूकम्ले सम्पूर्ण विश्वलाई हल्लाएको छ। बुधबार रूसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प गएको छ। जसलाई स्थानीय प्रशासनले दशकौंमा सबैभन्दा शक्तिशाली बताएको छ।
भूकम्पपछि,जापान,रूस र प्रशान्त टापुहरूमा सुनामी चेतावनी जारी गरिएको छ। अधिकारीहरूले भने भूकम्पले कुरिल टापुहरूमा ४ मिटर (१३ फिट) अग्लो सुनामी उत्पन्न गरेको बताएका छन्। केही स्थानमा मानिसहरूलाई सुरक्षित स्थानहरू सारिएको छ। सुनामीले भवनहरू क्षतिग्रस्त भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण एजेन्सी (USGS) ले पुष्टि गरेको छ कि भूकम्पपछि सुनामीका ठूला छालहरू उठेका छन् । अलास्काको केही भागमा चेतावनी जारी गरिएको छ।
जापानको होक्काइडोमा भयानक छालहरू
रूसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापानको होक्काइडो तटमा विशाल सुनामी छालहरू पुगेको देखिएको छ। जापानको मौसम विज्ञान एजेन्सीले तटीय क्षेत्रहरूमा तीन मिटर (१० फिट) सम्मका छालहरूको चेतावनी दिँदै देशको पूर्वी समुन्द्र किनारका ठूला भागहरू खाली गर्न आदेश दिएको छ। धेरै सहरहरूमा सुनामी साइरन बजाइएको छ र मानिसहरूलाई तुरुन्तै माथिल्लो जमिनमा सर्न भनिएको छ। कामचट्का र रूसको यो क्षेत्र प्यासिफिक रिङ अफ फायरमा अवस्थित छ जुन भूकम्प र ज्वालामुखी गतिविधिका लागि परिचित छ।
चीनमा सुनामीको चेतावनी जारी
चीनको प्राकृतिक स्रोत मन्त्रालयको सुनामी चेतावनी केन्द्रले देशको पूर्वी तटीय क्षेत्रहरू सांघाई र झेजियाङ प्रान्तहरूका लागि सुनामीको चेतावनी जारी गरेको छ। चेतावनी जारी गरेका क्षेत्रहरूमा ०.३ देखि १ मिटर (१ देखि ३ फिट) अग्ला छालहरू उठ्न सक्ने अनुमान गरिएको छ। यो चेतावनी ‘कोमाई’ आँधीको बढ्दो प्रभावलाई ध्यानमा राख्दै जारी गरिएको हो। जसले यी तटीय क्षेत्रहरूमा तीव्र हावा र भारी वर्षाका साथ छालहरूलाई अझ खतरनाक बनाउन सक्छ।
रूसमा समुद्रबाट सुनामी आयो,घर र कारहरू बगायो
रूसको सुदूरपूर्वी कामचट्का टापु नजिकै ८.८ म्याग्निच्युडको भूकम्प गएपछि सेभेरो(कुरिलस्क सहरमा भयानक सुनामी आएको छ। प्रत्यक्षदर्शीहरूले कैद गरेका भिडियोहरूमा शक्तिशाली छालहरूले भवन डुबाएको देखाएको छ।
अमेरिकामा मानिसहरूको मोबाइल फोनमा अलर्ट पठाइयो
लस एन्जलसका बासिन्दाहरूलाई सार्वजनिक सुरक्षा चेतावनी पठाइएको छ। समुद्र तट,बन्दरगाह र तटीय तल्लो क्षेत्रहरूमा खतरनाक छालहरू आउन सकिने चेतावनी दिएको छ। स्थानीय प्रशासनले कडा निर्देशन जारी गर्दै समुद्र तट र जलमार्गहरूबाट टाढा रहन भनेको छ।
फिलिपिन्स र इन्डोनेसियामा पनि सुनामीको चेतावनी
रूसको पूर्वी तटमा ८.८ म्याग्निच्युडको भूकम्प गएपछि फिलिपिन्स र इन्डोनेसियाले आफ्ना तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेका छन्। फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान (PHIVOLCS) का अनुसार १ मिटर अग्ला छालहरू देशको प्रशान्त महासागर तटीय क्षेत्रहरूमा पुग्न सक्नेछन्। यसैबीच,इन्डोनेसियाको भूभौतिकीय एजेन्सीले पनि केही क्षेत्रमा ०.५ मिटरसम्मका छालहरू आउन सक्ने चेतावनी दिएको छ।






