Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

महाेत्तरी, १९ माघ । जिल्लाको मनरा सिस्वा नगरपालिका, १० मधवा र बथनाहाका मुसहरका समुदायका ४० घर परिवारको आर्थिक अवस्सथा निकै दयनीय छ । लामो समयदेखि दशगजा (नो म्यान्स ल्यान्ड)मा बस्दै आएका उनीहरु विद्युत, खानेपानी, शौचालयलगायतका सुविधाबाट वञ्चित छन् । दशगजा बसेकै कारण उनीहरुले राज्यबाट प्राप्त हुने सेवासुविधा पाउन सकिरहेका छैनन् । नेपाल सरकारले पनि मुसहर समुदायबारे कुनै चासो देखाएको छैन ।

भूमिहीन भएकैले नै दशगजामा बसोवास

अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि देशका नागरिक दशगजामा बस्न पाउँदैनन् । दशगजामा कुनै पनि निर्माण कार्य गर्न पाइदैन् । आफूहरु भूमिहीन भएकैले दशगजामा बस्नु परेको लोकेन्द्र सदाले बताए । दशगजामा बसेकै कारण विद्युत जडान वा शौचालय निर्माण गर्न नमिल्ने भएकाले मुसहरको जीवनशैलीमा परिर्वतन आउन नसकेको उनको भनाई छ । यो समाचार रञ्जन भण्डारीले नयाँ पत्रिकामा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया