Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, १२ साउन २०८२ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजामा कुपोषण ुखतरनाक स्तरुमा पुगेको बताएको छ । गाजामा हवाई मार्गबाट सहायता सामग्री खसाल्न सुरु भएपछि डब्ल्यूएचओको चेतावनी आएको हो ।

जोर्डनले संयुक्त अरब इमिरेट्स (यूएई) सँग मिलेर आइतबार गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ ।

यता, इजरायलले गाजाका केही क्षेत्रमा हरेक दिन १० घण्टाका लागि सैन्य अभियान रोक्ने र संयुक्त राष्ट्रसंघ ९यूएन०मार्फत सहायता सामग्री पठाउन मार्गहरू खोल्ने बताएको छ ।

इजरायलले यो कदम चाल्नुको पछाडि भोकमरीको झुटो दाबीको खण्डन गर्न भएको बताएको छ ।

संयुक्त राष्ट्रसंघका सहायता प्रमुख टम फ्लेचरले इजरायलले केही आवागमन प्रतिबन्धमा केही खुकुलो बनाएको आइतबार बताएका छन् ।

फ्लेचरले प्रारम्भिक प्रतिवेदनहरूले गाजामा १०० भन्दा बढी ट्रकहरूबाट सहायता सामग्री पुगेको देखाएको रोयटर्सले बताएको छ ।

बीबीसी हिन्दीबाट ।

 

तपाईको प्रतिक्रिया