Online Bichar
बिहिबार, भाद्र ११, २०८३ | Thursday, August 27, 2026

एजेन्सी, १० साउन २०८२ । भारतको बिहारको गया जिल्लामा एउटा अत्यन्तै लज्जास्पद घटना बाहिर आएको छ। यहाँ होमगार्ड भर्ती दौडका क्रममा एक महिला बेहोस भइन्। त्यसपछि हतारमा अस्पताल पठाउन एम्बुलेन्स बोलाइयो।

एम्बुलेन्स घटनास्थलमा आइपुग्यो र महिलालाई अस्पताल पुर्‍यायो। यसै क्रममा एम्बुलेन्स चालक र प्राविधिकले बाटोमै महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरीले एम्बुलेन्स चालक र प्राविधिकलाई पक्राउ गरेको छ।

शुक्रबार एसएसपी आनन्द कुमारले एक विज्ञप्ति जारी गर्दै पीडितले घटनाबारे जानकारी गराएको बताएका छन्। जानकारी पाएको २ घण्टाभित्र एम्बुलेन्स चालक विनय कुमार र प्राविधिक अजित कुमारलाई पक्राउ गरिएको उनले बताए। पीडितले डाक्टरलाई अस्पताल लैजाँदै गर्दा चलिरहेको एम्बुलेन्समा बलात्कारको घटना भएको बताएकी छन्।

घटनास्थलमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेजबाट दुवै अभियुक्तको पहिचान भएको हो। यस विषयमा बोधगया प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ। एसएसपी आनन्द कुमारले मुद्दाको अनुसन्धान गरेर आरोपपत्र दायर गरिने बताए।

 

तपाईको प्रतिक्रिया