Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १९ माघ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् । साथै उनले स्वास्थ्य कमजोर भएको भन्दै अनसन तोड्न केसीलाई आग्रह गरेका छन् ।

२४ दिनदेखि अनसनरत डा. केसीलाई भेट्न यादव शुक्रबार अपराह्न शिक्षण अस्पताल पुगेका थिए ।

भेटपछि सक्षिप्त कुराकानी गर्दै यादवले डा. केसीले उठाएको माग जनताको भइसकेको बताए ।

‘उहाँको दृष्टिकोण र सरकारको दृष्टिकोण फरक हुनसक्छ । तर, उहाँको जीवन अमूल्य छ’ यादवले भने, ‘म सरकारलाई आग्रह गर्छु, सभ्य समाजमा सरकारको सबैभन्दा पहिले कर्तव्य हून्छ नागरिकको जीउधनको रक्षा गर्ने । उहाँको धन छैन, जीवन रक्षाका लागि जति सक्दो छिटो वार्ता गरेर निकास निकाल्नुपर्यो ।’

डा. केसीको जीवन अमूल्य भएको भन्दै उनले जसरी पनि बचाउनुपर्ने बताए । अनसन तोडेर भएपनि जीवन रक्षा गर्न पूर्वराष्ट्रपति यादवले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया