Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

काठमाडौं, ९ साउन २०८२ । इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भएर स्वदेश फर्किएका छन्। गैरकानुनी रूपमा इरान गएका उनीहरू पक्राउ परेपछि इरानको अदालतले थुनामुक्त गर्ने आदेश दिएको हो।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरू बिहीबार काठमाडौं अवतरण गरेको जनाएको हो।

इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि द्वन्द्व सुरु भएको थियो। २३ जुन २०२५ मा दुवै पक्षबीच युद्धविराम भएको हो।

त्यसक्रममा नेपाल सरकारले तेल अविवस्थित नेपाली राजदूतावास, दोहास्थित नेपाली राजदूतावास एवं तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतसँग समन्वय गरेको मन्त्रालयले जनाएको छ।

द्वन्द्वको अवधिमै नेपाल सरकारको अनुरोधमा भारत सरकारले ९ जना नेपाली नागरिकको इरानबाट उद्धार गरेको थियो।

 

तपाईको प्रतिक्रिया