Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

झापा, ७ साउन २०८२ । बिर्तामोडको सुँगुर फार्ममा एकजना मानिस मृत फेला परेका छन् । आज बिहान ६ः३० बजे झापाको बिर्तामोड६ शुभबिहानी टोल बस्ने सरोज लावतीले संचालन गरेको सुँगुर फार्ममा काम गर्ने भारत सिक्किम घर बताउने ६५ वर्षीय डम्बरबहादुर मगर फर्मभित्रै ओछ्यानमा मृत फेला परेका हुन् । मृतकका आफन्तहरु भारतको सिक्किममै बसोबासरत रहेकाले आफन्तहरुलाई जानकारी गराउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट अनुसन्धान भइरहेको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया