Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

गौरादह, १८ माघ । गौरादह नगरपालिकाले प्रवाह गरेका सेवा तथा विकास निर्माण का कामहरुलाई नागरिकहरु समक्ष जानकारी गराउने उद्देश्यले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सुशासबन समितिले गत आइतबार देखि नगरका विभिन्न वडाहरुमा कार्यक्रम सञ्चालन गर्दै  बिहिबार गौरादहमा कार्यक्रम सम्पन्न गरेको हो ।

गौरादह नगरबासीहरुले नगरपालिकाको कार्य योजना, विकास निर्माण र सुशासनको विषयमा नगरपालिकाको कार्यसैली प्रती तिव्र आक्रोस व्यक्त गरेका छन् । गौरादह नगरपालिकाको शुसासन समितिले नगरपालिकाले गरेका विकास निर्माण र सेवा प्रवाहका विषयमा नागरिकहरुको प्रतिकृया बुझ्न आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिका वाट दिईने सेवा पारदर्शी नभएको, काममा ढिलासुस्ती भएको, विकास निर्माणका कामहरु अधुरो छोडिएको, कृषी, शिक्षा, स्वास्थ्य, खानेपानीका विषयमा नगरवासीहरुले नगरपालिका प्रती गुनासो गरेका थिए ।

मेची नगरको सामुदायिक मञ्चले सहजिकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांश वक्ताहरुले नगरपालिकाको गतिविधीका वारेमा जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुलाई प्रश्न गरेका थिए । स्थानीय एकराज घिमिरेले नगरपालिकाको सुशासन समितिले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन गर्न नगरपालिकामा संघ संस्था नभए झैं गरि बाहय संस्थालाई जिम्मेवारी दिईएकोमा आपक्ति व्यक्त गरे ।

भद्रकला रायले महिला स्वास्थ्य स्वंय सेवीकाहरुलाई सेवा निवृक्त हुँदा नगरपालिकाले सेवा सुविधा दिनुपर्ने बताईन् । रमा दाहालले किसानहरुलाई आधुनिक खेती तर्फ प्रोत्साहन गर्नुपर्ने बताईन् । डिल्लीराम काफ्लेले कर्मचारी र जनप्रतिनिधिको भ्रमण खर्च सार्वजनिक गर्नुपर्ने माग गरे । पुष्पराज गुरागाईंले सामाजीक सञ्जालमा आए जस्तै नगरपालिकामा भ्रष्टाचार भएको हो भनी प्रश्न गरे ।

त्यस्तै चक्रपाणी बरालले परामर्श सेवा के हो र यसको लागी छुट्याइएको बजेट भएकोमा के कति खर्च भयो सार्वजनिक गर्न माग गरे । राजकुमार दाहालले उपभोक्ता समिति बनाएर विकास निर्माणको काम गर्दा बजेट निकासामा जनतालाई दुख दिएको तर कर्मचारीले गर्ने काममा सहज रुपमा बजेट निकासा भएकोमा आपक्ति गरे ।

नगरपालिका प्रमुख तथा कार्यक्रमका सभापती रोहित कुमार साहले नगरपालिकाका सवै वडाहरुमा विनियोजित बजेटको बारेमा जानकारी गराउदै सहभागीहरुले राखेका जिज्ञासाको सहज जवाफ दिएका थिए । नगरपालिकाले सवै प्रकारका कामहरु प्रकृया पुरा गरी विधी पुर्वक सञ्चालन गरेको वताए ।

सार्वजनिक सुनुवाई लाई सम्वोधन गर्दै उपप्रमुख गिता भेट्वाल, वडा नं. १,२ र ३ का वडाध्यक्षहरु नगेन्द्र भण्डारी, हेमन्त कार्की र गजेन्द्र घिमिरे ,
नगरपालिकाका प्रसासकिय अधिकृत सागर मिश्र, इन्जिनियर सचिन क्षेत्री, योजना साखा प्रमुख राम प्रसाद दाहाल, कृषी साखा प्रमुख देवी प्रसाद सिंह लगायतले सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments