Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

बिराटनगर, १७ माघ । मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले मंगलवार मलद्वारमा लुकाई राखेको लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । साँझ ७ बजेको लागूऔषध सहित धरान उप-महानगरपालिका-१० बस्ने बर्ष २२ को रेजी शेर्पा र बर्ष २७ को सुवास प्रधानलाई पक्राउ गरेको हो ।

उनीहरुलाई शंका लागि सोधपुछ गर्ने क्रममा मलद्वारमा लुकाई राखेको लागूऔषध डाईजेल्याव-५ एम्पुल, लुपिजेसिक-११ एम्पुल र एभिल-१३ एम्पुल निकालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुलाई लागूऔषध ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया