Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

एजेन्सी, १ साउन २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशमा नयाँ पारस्परिक कर लगाउने घोषणा गरेका छन्। सयौँ देश उनको निशानामा छन्। ती देशमाथि कुनै पनि समयमा कर लगाउने घोषणा हुन सक्छ।

जापान, ब्राजिल, क्यानडा, इन्डोनेसिया र दक्षिण अफ्रिकालाई कर पत्र पठाएपछि अब राष्ट्रपति ट्रम्पले १५० भन्दा बढी देशलाई पनि कर पत्र पठाउन लागेका छन्। यो कुरा ट्रम्प आफैँले खुलासा गरेका छन्।

डोनाल्ड ट्रम्पले चाँडै नै १५० भन्दा बढी देशमा नयाँ भन्सार दर लगाउने निर्णय गर्न सक्नेछन्। ब्लूमबर्गको रिपोर्ट अनुसार ट्रम्पले विश्वका १५० भन्दा बढी देशमाथि अगस्ट १, २०२५ देखि लागू हुने गरी कर लगाउने छन्।

 

तपाईको प्रतिक्रिया