Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

धरान, १७ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापरवाहीले बिमारीका कुरुवाहरु दैनिक लुटिने गरेका छन् ।
विभिन्न वाडमा रहेका बिमारीका कुरुवाहरुको मोवाइल, पैसा, गहनाहरु लुटिने गरेको हो ।

प्रत्येक वाड गेटमै सुरक्षा गार्ड खटाइएको हुन्छ । तर सुरक्षा गार्ड कुर्सी मै निदाएका हुन्छन् । उनीहरु निदाएको समयमा फाल्तु मानिसहरु प्रवेश गरि विमारी कुरुवाहरुको समान लुटपाट गर्ने गरेका छन् ।

आज विहान ४ बजे कुरुवाको मोवाइल, पैसा र गहना लुटपाट गर्ने एक जनालाई कुरुवा कै सकृयतामा पक्राउ गरि प्रहरीलाई बुझाएका छन् । विर्तामोडका अमृतेस ठाकुरको सकृयतामा धनकुटा छिन्ताङ घर भएका राम थापालाई नियन्त्रणमा लिइएको हो ।

ठाकुरले श्रीमती सम्झाना ठाकुरको पित्तथैलीको अपरेसन गरि युनिट १ सर्जरी वाडमा राखेका थिए । राती चार्ज गरिरहेको बेला उनको मोवाइल हराएको थियो । यस्तै धरानका सनम राईको दुई वटा मोवाइल, ताप्लेजुङकी सीता इजमको २ वटा औठी, चुरा, झोला र ३४ सय नगद लुटिएको थियो ।

राती नै ठाकुरले सबै तिर खोजी गरि उक्त दुले चोरलाई नियन्त्रणमा लिएका थिए । उनले एक स्थानबाट सामन अर्को स्थानमा सार्दै बाहिर लाने गरेको पाइएको ठाकुरले बताए । विहानै पक्राउ गरिएका थापालाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।

चोर पक्राउ गरिएको सेक्युिरटी गार्डलाई जानकारी गराउदासमेत समयमा गार्ड उपस्थित नभएको विमारीका आफन्त टिका माङलेले बताए । कमजोर सुरक्षा व्यवस्थाका कारण बीपी प्रतिष्ठानमा विमारी कुरुवाहरु लुटिनेक्रम बढेको उनले बताए ।
ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया